बलात्कारीलाई फासी दिनु पर्ने भन्दै बाकेमा विरोध सभा

 नेपालगन्ज ,साउन,१३-
कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका २ मा १३ बर्षीय बालिकाको बलात्कार पछि हत्या गरेको विरोधमा अाज नेपालगन्जमा पनि विरोध सभा गरिएको छ।

स्थानीय बि-पी- चोकमा जम्मा भएर गत शुक्रबार भिमदत्त न-पा- २ कि १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको विरोधमा हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कार्यवाही गर्नु पर्ने , संविधानमा नै बलात्कारीलाई फासी दिने कानुन बनाउनु पर्ने , दिन प्रतिदिन यस्ता घटनाहरु बढीरहेको हुदा शान्ति सुरक्षा कायम गराउनु पर्ने भन्दै बिभिन्न संघ सस्थाका प्रतिनिधि , राजनीतिकर्मी, पत्रकार, बाल सञ्जाल , लगायत सर्वसाधारणको उपस्थिति रहेको थियोे ।

अहिले नेपालका बिभिन्न ठाउँमा बलात्कारका घटनाहरु बढीरहेको भन्दै संविधानसभामा समेत बलात्कारीलाई फासी दिनुपर्ने कानुन बनाउनेतर्फ अावाज केही सभाषदहरुले उठाउने गरेका छन् ।