प्रधानमन्त्री ओलीबाट संसद विघटनको सिफारिश

फाईल तस्विर !!

काठमाडौं,पुष,५-प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ ।

आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले संसद विघटनको सिफारिश गर्नुभएको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोको परिणाम अन्ततः प्रधानमन्त्री ओलीले दुई तिहाईनिकट शक्तिको संसद नै विघटन गरिदिनुभएको हो ।

बालुवाटार स्रोतले मन्त्रिपरिषद बैठक राखेर संसद विघटनको सिफारिश गरिएको जानकारी दिए पनि आधिकारिक रुपमा पुष्टि हुन भने बाँकी छ ।