ओखलढुंगामा सम्पन्न भलिबल खेलको उपाधी मुलकर्ख युवा क्लबलाई

ओखलढुंगा,भाद्र,२९-
ओखलढुंगामा सम्पन्न १८ बर्ष मुनिको भलिबल खेलको उपाधी मुलकर्ख युवा क्लब सुनकोशी गाउँपालिका ५ मुलर्खकले हात पारेको छ । यहि भाद्र २७ गते देखी सुरु भएको भलिबल खेलको फाईनलमा कार्बेली एकता समाज खोटाङलाई पराजीत गर्दै उपाधी हात पारेको हो ।

नबज्योती बाल संजाल सुनकोशी गाउँपालिका ७ र ८ नम्बरको सयुक्त आयोजनामा भएको भलिबल खेलमा कार्बेली एकता समाज खोटाङ द्धितीय, नबज्योती बाल संजाल तृतिय र शिब शक्ति युवा क्लब सुनकोशी गाउँपालिका पारा सान्त्वना भएको छ ।

भलिबल खेलमा प्रथम,द्धितिय, तृतिय र सान्तत्वना हुने समुहलाई नगद १५ हजार, १२ हजार, ९ हजार र ३ हजारको साथमा शिलड मेडल र प्रमाण पत्र प्रदान गरिएको खेल सचिब सुचिप बस्नेतले जानकारी दिनुभएको छ ।