विश्व सरसफाइ दिवसमा सडकमा जताततै सरसफाइ गरियो

नेपालगन्ज,भाद्र,३०-
अाज विश्व सरसफाइ दिवसको दिनमा बाँकेका धेरै ठाउँहरुमा सरसफाइ गरिएको छ ।सरसफाइको दिनमा विभिन्न संघ संस्था स्थानीय सरकारी कार्यालयहरु, नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, लायन्स क्लब , लगायतकाहरुले सडकमा सरसफाइ गरेका थिए ।

खजुरा गाउँपालिकाको अायोजनामा खजुरा क्षेत्रमा , लायन्स क्लब र लियो क्लबहरुको संयुक्त अायोजनामा धम्बोजी चोक देखि कारकादो चोकसम्म, वडा कार्यालयहरुले अाफनो वडामा सरसफाइ गरेका थिए । सरसफाइमा संघ संस्थाका पदाधिकारीहरु, प्रहरी , स्थानीयहरुको उपस्थिति रहेको थियो ।