थप ५७० जना कोरोना संक्रमित,१ हजार ९९३ जना संक्रमणमुक्त

काठमाडौं,फागुन,५-नेपालमा विगत २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा मुलुकभर ९ हजार ७८९ ओटा नमूना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ र २ हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी जम्मा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी उक्त अवधिमा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार मुलुकभर कोरोनाका १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन् ।  बिहीवार थपिएको समेत गरी नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ ।

त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्‍यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ । त्यसैगरी हालसम्म ९ लाख ४४ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।