बर्षाका कारण दाङमा ३ सय ७१ जना बिस्थापित

रोशन घर्ती/

दाङ,साउन,३०-

लगातारको बर्षाका कारण घर भत्कीदा र डुवानमा पर्दा दाङमा ३ सय ७१ जना बिस्थापित भएका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार बर्षाका कारण बाढी र डुवानले घर भत्कीदा १ सय ६३ घरधुरीका ३ सय ७१ जना बिस्थापित भएका छन् ।

गएको शुक्रबार राती देखी परेको बर्षा र त्यसपछि आएको बाढीले ९० वटा घर भत्कीएको केन्द्रका सुचना अधिकृत खिलानाथ दाहालले जानकारी दिनुभएको छ । यसैगरी, बर्षा, बाढी र डुवानका कारण ६ सय १ घरधुरीका ४ सय ८७ जना प्रभाबित भएका छन् ।

बाढीमा परेर अहिले सम्म तीन जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाईते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी ६३ पशु चौपाया मर्नुका साथै बगेका छन् ।

बाढीले घोराही उपमहानगर, तुलसीपुर उपमहानगर, लमही नगरपालिका, दंगिशरण, बबई र राजपुर गाउँपालिकाका ३२ स्थानमा ठूलो मात्रामा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।।