नेपाल आदिबासी जनजाती महासंघ जापानको क्युसुमा क्षेत्रिय कमिटी गठन हुने

अधिकार प्रतिनिधित्व र स्वाशनका लागि आदिबासी जनजातिको अडान। पहिचान सहितको संघियताको लागि सविधान सन्सोधन हाम्रो अभियान।

मिलन मगर
फुकुओका जापान,साउन,३०-
नेपाल आदिबासी जनजाती महासंघ जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन हुने भयकोछ। क्युसु क्षेत्रमा जातिय सस्था भयपनी जनजाति सबैलाइ समेट्ने सस्था क्युसु क्षेत्रमा कमिटी गठन हुन सकेको थियन। आज बसेको बैठकमा फुकुओकामा बिगत लामो समयदेखी बसोबास गर्दै आउनुभयका हस्त लामाको अधक्ष्यतामा उप्त बैठक सम्पन्न भयको थियो।

आज बसेको बैठकबाट अर्को चरणको बैठक यही अगस्ट महिनाको २४ गते साज ६बजे फुकुओका स्थित बाजेको सेकुवा हाउसमा बस्ने र क्युसु क्षेत्रमा बसोबास गर्दै आउनुभयका सम्पूर्ण क्युसुबासी आदिबासी जनजातीहरुलाई उपस्थित गराउने निर्णय भयको थियो। क्युसु क्षेत्रमा जनजातिको बाहुल्यता भयपनी ऐकआपसमा चिनजान नभयको हुनाले भाईचाराको समन्ध कमै देखिन्छ।

आदिबासी जनजातिहरुको धर्म ,चाड्पर्ब देखी लियर हरेक कुरा मिल्दोजुल्दो हुने जानकारी गराउदै आगामी हुने बैठक सम्पन गर्नको लागि क्युसु बासी जनजातिहरुलाई उपस्थितको लागि तामाङ समाज क्युसुका अधक्ष्य बिष्णु बहादुर तामाङले यही समाचार लाई सुचना मानि उपस्थितको लागि अपिल गर्नुभयकोछ।