सडक विस्तारका लागि भन्दै घोराहीका केही स्थानहरुमा बिद्युत काटौती

रोशन घर्ती
दाङ,माघ २९-सडक विस्तारका क्रममा बिद्युतको पोलहरु सार्नु पर्ने भएपछि घोराही र आसपासका गाउँका केही स्थानहरुमा बिद्युत काटिएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र घोराहीका अनुसार मेनरोडमा विद्युतका पोलहरु हटाउनु पर्ने भएका कारण बिद्युत लाईन काटिएको हो । घोराहीको तुलसीपुर चोकदेखि पुर्वीक्षेत्रमा विद्युत काटिएको केन्द्रले जनाएको छ ।

दिनभरी विद्युत लाइन काटिएपछि करिव पाँच हजार ग्राहकलाई समस्या भएको छ । सडक विस्तारका क्रममा पोलहरु सार्नुपर्ने भएपछि तुलसीपुरचोकदेखि पुर्वमा पर्ने सहिद मार्ग, जयमाँ लक्ष्मी टोल, काठेकोल, हस्पीटल रोड, ट्राफिक, चौघेरा, हरिद्वार, नवलपुर, अम्बिकेश्वरी र सिस्नेखोलासम्म विद्युत काटिएको छ ।।