आजको राशिफल ।। कार्तिक २३ गते बुधवार

काठमाडौं,कार्तिक,२३-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २३ गते बुधवार, (नोभेम्वर ९ तारिख) मंसिर कृष्ण प्रतिपदा तिथी ।आज विश्व स्वतन्त्रता दिवस पनि रहेको छ ।

आज कार्तिक २३ गते बुधवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन सामान्य रहने छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । साताको मध्यमा सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन चलाखी पूर्ण बोलीले काम बन्ला । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन धार्मिक तथा लाभदायक यात्राहरू हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्था र शेयरबाजारबाट राम्रै सफता मिल्न सक्छ । मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन अनावश्यक ठाउँमा धन खर्च होला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने सम्भावना छ, सचेत रहनुहोला । मध्य साताबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन छोटो दुरीको लाभदायक यात्रा रहला । दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक कार्यमा सहजता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन घुमफिरमा आकर्षण बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउन सक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ । मङ्गलवारबाट कुनै समाचारले मनमा शान्ति छाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन कीर्तिमानी काम गर्ने समय छ । दैनिक कार्यमा प्रगति हुनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीबाट सहयोग मिल्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन् । सन्तान सुख पनि मिल्न सक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । बुधबार बाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहन सक्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ, तर वैदेशिक कामकाजहरू भने कमजोर नै रहला ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल