जिल्ला अदालतद्धारा नापीका ११, मालपोतका २ कर्मचारीलाई तीन वर्ष कैद सजाय

बर्दिया,पुस ४-जिल्ला अदालत, बर्दियाले नापीका ११, मालपोत कार्यालयका दुई कर्मचारीलाई किर्ते गरेको अभियोगमा तीन वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालतका न्यायधिश लोकजंग शाहको एकल ईजलाशले उक्त सजाय तोकेको हो । यसै गरि सोही मुद्दामा मालपोतका कार्यालयका तात्कालिन नासुद्धय ईश्वरी प्रसाद दाहाल र प्रकाश चन्द्र बुढाथोकीलाई तीन वर्ष ५ महिना कैद सजाय गरेको छ ।

सरकारी जग्गालाई व्यक्तिको नाममा वितरण गर्दे नक्कली जग्गाधनी पुर्जा बनाएको आरोपमा सजाय गरेको हो ।नक्कली धनीपुर्जा बनाएको अभियोग लागेका सोरहवा गाविस–६ का राम नरेश यादवलाई १ वर्ष कैद र २ लाख ४० हजार जरिमाना तोकेको छ । जिल्ला अदालतका अनुसार अभियोगीले सरकारी स्वामित्तमा रहेको जग्गा किर्ते गरि करिब ४ करोड ठगी गरेको अभियोगमा जेल सजायको फैसला गरेको हो ।