कालिकोटमा पहिरोले घर पुरिदाँ ६ जनाको मृत्यु

फाईल तस्विर !!

काठमाडौं,साउन,३०-कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।

गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा परि वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको बताईएको छ ।

सुरक्षाकर्मी र स्थानीय वासिन्दाले उद्धारको प्रयास गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले पहिरोमा परि ६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।