
काठमाडौं,असोज,१६-प्रदेश ५को स्थायी राजधानी दाङको भालुवाङ गर्ने प्रस्ताव गरेपछि बुटवलमा बिरोध प्रदर्शन सुरु भएको छ।
हाल सो प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमै रहेको छ।आजै प्रदेश सरकारले सो प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ।
प्रदेश राजधानी दाङ सार्ने निर्णय सार्वजनिक भएलगत्तै बुटवलमा बिरोध प्रदर्शन सुरु भएको हो।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेवि संघको नेतृत्वमा सो प्रदर्शन भएको थियो।
रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलका अनुसार तोडफोडका क्रममा चारवटा सरकारी गाडीमा क्षति भएको छ।
‘तोडफोड सुरु हुनासाथ हामीले थप क्षति गर्नबाट रोकेका छौं, अहिले स्थिति नियन्त्रणमा आएको छ,’ पोखरेलले भन्नुभयो सो प्रस्तावमाथि प्रदेश सभामा सोमबारदेखि छलफल हुँदैछ।
प्रहरीले कसैलाई पक्राउ भने गरेको छैन।शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो।
दाङको राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्र, दाङकै गढवा गाउँपालिकाको केहि भाग र अर्घाखाँचीको शितगंगा नगरपालिकाका केहि स्थान समेत समेट्ने गरी राजधानी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएको हो।सो प्रस्तावमाथि प्रदेश सभामा सोमबारदेखि छलफल हुँदैछ।