बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरीको मृत्यु

दाङ, मंसिर १३-
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतीनीधी र प्रदेश सभाको चुनावका लागी नेपाली काँग्रेसले दाङ तुल्सीपुरमा  गरेको आम सभालाई लक्षीत गर्दै गराईएको बम विस्फोटनमा घाईते भएका  म्यादी प्रहरीको ज्यान गएको छ ।

ज्यान जानेमा तुल्सीपुर उपमहानगरपालिका–१८ घर भएका २३ वर्षका म्यादी प्रहरी बिनोद चौधरी रहेका छन् । उनको मंगलबार राति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइेत चारजनाको नेपालगञ्जमा र अन्य तीनजनाको राप्ति अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । विस्फोटमा परी आठजना घाइते भएका थिए ।