कालिकोटमा जिप दुर्घटना हुंदा ४ जनाको मृत्युः ५ घाईते

कालिकोट,मंसिर,१३-

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाडाचक्रमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराती मुगुबाट सुर्खेततर्फ आउदै गरेको लु २ च २००३ जिप खाडाचक्र नगरपालिका –२ अस्पताल मोडमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युहुनेमा ५० वर्षिया जयरुप बमीको सनाखत भएपनि अन्य ३ जनाको सानाखत भएको छैन ।

घाइते सवैको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौलागाईले बताउनुभयो । नेपालवाणीवाट