नेपाल साँस्कृतीक संघ जिल्ला बाँकेको समिक्षा बैठक सम्पन्न

बाँके,फागुन १६-नेपाल साँस्कृतीक संघ जिल्ला बाँकेको आज समिक्षा बैठक सम्पन्न भएको छ । सभापती सन्तोष राज पौडेलको सभापतित्वमा नेपालगंजको न्यु वाईन डाईन कटेज रेष्टुरेन्टमा बसेको बैठकले नेपाल साँस्कृतीक संघको केन्द्रिय अधिवेशनमा सहभागी हुँदा गरिएको क्रियाकलाप सम्बन्धी छलफल गरेको हो ।

नेपाल साँस्कृतीक संघको केन्द्रिय अधिवेशनमा निकालीएको र्यालीमा बाँकेबाट सहभागी भएका कलाकारहरु सफल भएको र यहाँका कलाकारहरुले अधिवेनबाट केहि महत्वपुर्ण कुरा सिक्ने अवसर पाएको बैठकले समिक्षा गरेको छ । यस्तै नेपाल साँस्कृतीक संघ बाँकेको आयोजनामा गरिएको बनभोज कार्यक्रममा जिल्लाभरी रहेका नेताहरुलाई सम्मानजनक उपस्थित गराई एउटै चुलोमा खाना खुवाउन सफल भएको पनि बैठकले समिक्षा गरेको छ ।

साथै संघको आजको बैठकले नेपाल साँस्कृतीक संघको वार्षिक कार्य योजना सहितको भित्तेपात्रो बनाउने निणर्य गरेको छ । आज भएको बैठकमा नेपाल साँस्कृतीक संघ जिल्ला बाँकेका सभापति सन्तोष राज पौडेल,सचिव भुवन भट्टराई ,संघका जिल्ला सदस्य मधुपौडेल,ईन्द्र बहादुर थापा, बाँके क्षेत्र नं. ३ का सभापती रञ्जिता ढकाल थापा,क्षेत्र नं. ४ का सभापती विष्णु गिरी,क्षेत्र नं. ३ का उपसभापती रितु राना क्षेत्र नं. ३ का कोषाअध्यक्ष दिपेन्द्र सारु मगर को उपस्थिती रहेको थियो ।