प्रधानमन्त्री महिला कप भलिबलमा पुलिस र एपीएफको जित

बाँके,फागुन १६-नेपालगंजमा जारी प्रधानमन्त्री महिला कप भलिबल प्रतियोगितामा आज भएको आफ्नो अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्यमश्चिमाञ्चललाई ३–० को सेटमा हराएको छ । आजै भएको अर्को खेलमा एपीएफले पनि नेपाल आर्मीलाई समान ३–० को सोझो सेटमा पराजित गरेको छ । लिग चरणको पहिलो खेलमा साबिक बिजेता रेल्वेसँग ३–० को हार ब्यहोरेको पुलिसले दोश्रो खेलमा आयोजकमाथी सहज जित निकालेको हो ।

पुलिसले किशोरी खेलाडिहरुले भरिएको मध्यमश्चिमाञ्चललाई २५–११,२५–८ र २५–१८ को सेटमा हराएको हो। अर्को खेलमा एपीएफले नेपाल आर्मीलाई तीनै सेटमा दोहोरो अंक छुन दिएन् । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको एपीएफले २५–५ मै आर्मीलाई रोकेको छ ।

दोश्रो र तेश्रो सेटमा पनि हाबी भएको एपीएफले आर्मीमाथी २५–८ र २५–९ को सेटमा जित निकाल्यो । लिग चरणका दुवै खेल जितेको एपीएफ समूह ख को बिजेता बन्दा एक खेल जितेको आर्मी समूह ख को उपबिजेताको रुपमा सेमिफाईनलमा प्रवेश पाएको छ । साबिक बिजेता भारतको रेल्वे समूह कबाट अपराजित रहदै बिजेताको रुपमा सेमिफाईनलमा प्रवेश गर्दा एक खेल जितेको पुलिसले उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान बनाएको हो ।

प्रधानमन्त्री महिला कप भलिबलमा पुलिस र एपीएफको जित भारतीय दोश्रो टिम बर्षात एशोसियसन र आयोजक मध्यपश्चिमाञ्चलले दुवै खेलमा पराजय ब्यहोरे पछि लिग चरणबाटै बाहिरिएका छन् । बाके जिल्ला भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगितामा भेली मंगलवार पहिलो सेमिफाईनल खेल समूह क को बिजेता रेल्वे र समूह ख को उपबिजेता आर्मी बीच हुनेछ । दोश्रो सेमिफाईनल खेल समूह खको बिजेता एपीएफ र समूह क को उपबिजता पुलिस बीच हुने भएको छ ।