जिम्बावे ‘ए’ टिमले नेपाललाई दियो ८८ रनको विजयी लक्ष्य

काठमाडौं,बैशाख,२४-पाहुना टोली जिम्बावे ‘ए’ ले दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई विजयीका लागि मात्र ८८ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ‘ए’ टिमले ३१ ओभर १ बलमा मात्र ८७ रनमा अलआउट भयो ।

जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाए ।

नेपालका सोमपाल कामी र करण केसीले ३/३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।