आफैले रोपेको फुल फुलाउन नसक्दाँ मोडल थापाको गुनासो

 सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर,१२-
चर्चित मोडल बुद्धबिर थापाले फुल रोपेर फुलाउन नपाउदाँ गुनोस व्यक्त गरेका छन् । चर्चित मोडल थापाले आफैले रोपेको फुल फुलाउन नसकेको भन्दै गुनासो गरेका हुन् । भर्खरै मात्र मोडल थापाको अभिनयमा फुल बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

माया लगाएर धोका दिनेहरुलाई लक्षीत गरि निर्माण गरिएको यस गितको लय तथा शव्द सिर्जना हरि थापाको रहेको छ भने स्वर सर्जक थापा र बिजु घिमिरेको रहेको छ । घिमिरेको प्रस्तुती रहेको यस म्युजिक भिडियोमा मोडल थापा र सन्ध्या सानुको उत्कृष्ट अभिनय रहेको छ ।

(भिडीयो पनी हेर्नुहोस् ।)

निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन मुकेश हुमागाईको रहेको छ भने भिडियोको सम्पादन राजेश कुमारले गरेका छन् । बि स्टार फिल्मसले दृष्य निर्माण यस म्युजिक भिडियो तथा अडियो लाई वन वे फिल्मसले बजार व्यवस्थापन गरेको छ ।