वैशाख १५ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय

काठमाडौं,वैशाख,१५-सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । 

सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थपिएको हो ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।त्यसपछि चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले आठ दिन थपेर लकडाउनको समयावधी चैत २५ गतेसम्म पुर्‍याइएको थियो ।

सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा संक्रमित फेला पर्दै कोरोना नयाँ चरणमा प्रवेश गरेपछि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले थप आठ दिन लम्ब्याउने निर्णय गरेको थियो ।