महिलाहरुका लागी घोराहीमा ५ दिने नेत्रित्व विकास तालिम सुरु

रोशन घर्ती/

घोराही,पुस,२७-

महिलाहरुका लागी घोराहीमा पाँच दिने नेत्रित्व विकास तालिम सुरु भएको छ । नेपाल मगर महिला सेवा केन्द्रको आयोजनामा तथा घोराही उपमहानरपालिका वडा नं. १४ को आर्थिक सहयोगमा तालिम सुरु भएको हो । त्यस अबसरमा बोल्ने वत्ताहरुले महिला अधिकार सबै महिला एक ठाँउमा आउन जरुरी रहेको वताउनुभयो ।

चेतनाको अभावका कारण कति महिला घर बाहिर आउँन नसक्ने भन्दै त्यसका लागी यस तालिमले सहयोग पु¥र्याउने वताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी घोराही उपमहानरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले सामाजिक बन्धनका महिलाहरु पछाडि परेको वताउँनुभयो ।

घरमा छोरी र बुहारी माथी गर्ने व्यवहार फरक हुदा महिला माथी हिंसा भएको प्रमुख अतिथी डाँगीले वताउनुभयो । कार्यक्रमम वडा नं. १७ का सदस्य रेवन्ता पुन, मगर भाषा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष कृतिमान पुन ,मगर महिला अगुवा दीलकुमारी बुढा, पत्रकार महासंघ

दाङका सदस्य जनक नेपाली,पूर्णकमारी पुन,शितलाल पुन लगाएतले बोल्नु भएको थियो । मगर महिला सेवा केन्द्रका अध्यक्ष वईनसरी बुढाको अध्यक्षमा भएको कार्यक्रमको संचालन देवा सेनले गर्नु भएको थियो ।