नयाँ वर्ष २०८० साल आजबाट शुरु

नयाँ वर्ष २०८० साल आजबाट शुरु || Happy New year 2080 || Nepalese New year 2080
फाईल तस्विर !!

टोकियो,जापान,वैशाख,१-नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आज(शुक्रबार)बाट सुरु भएको हो।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपाल र विदेशमा रहेका नेपालीले एक आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन रमाइलो गर्दै विभिन्न कार्यक्रम गरि हर्षोल्लास साथ मनाइँदैछ ।

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ ।यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ ।सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

आज बिहानै स्नान गर्ने, घर, कोठा/आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी नयाँ वर्षमा सफलता मिलोस भन्दै एक अर्कामा शुभकामना व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ।

प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गर्दछन् ।आजको दिन नयाँ कामको थालनि गर्ने परम्परा पनि रहेको छ ।

यस वर्ष नेपालका विभिन्न ठुला शहरहरु लगायत प्रवासमा रहेका नेपालीहरुले भव्य साँगीतीक साँझ,कन्सर्टको आयोजना गरि २०७९ लाई विदाई गर्दै नयाँ वर्षलाई स्वागत गर्दै शुभकामना आदान प्रदान गर्दै आएको छन् ।