सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टीकापुरको अध्यक्षमा तिमिल्सिना

कैलाली,टिकापुर,चैत्र,२६-सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टीकापुर नगर स्तरिय महासंघ टीकापुरको अध्यक्षमा झनकराज तिमिल्सिना चयन भएका छन ।

आइतबार टीकापुरमा सम्पन्न महासंघको दोस्रो अधिवेशनवाट तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्य समिति गठन गरिएको हो । महासंघको उपाध्यक्षमा कृष्णा देवी चौधरी रहेकी छिन भने सचिवमा नृप ठकुल्ला, कोषाध्यक्षमा शम्भु कडायत र सह–सचिवमा दिपा सिंहलाई चयन गरिएको छ ।

११ सदस्यीय समितिको सदस्यमा अनन्त खड्का, प्राङकुश चौधरी, सेत बहादुर साउँद, लाल बहादुर साउँद, बाँधु चौधरी र ऋचा रावल (सोडारी) रहेका छन ।

महासंघका जिल्ला प्रतिनिधिमा धनसिंह साउँद, शेरबहादुर साउँद, दुर्गा चौधरी, रिचा रावल, अन्नत खड्का, शेरबहादुर ठकुल्ला, देवसरा ऐर रहेका छन ।

त्यसै गरि प्रदेश प्रतिनिधिमा बान्धु चौधरी, सेतबहादुर साउँद, चन्द्रकला थापा, दिपा सिंह र शम्भु कडायत रहनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका कैलाली जिल्ला प्रतिनिधि शेरबहादुर साउँदको उपस्थितिमा समिति गठन भएको हो ।