संसद् बैठक फागुन २३ गते अपराह्न ४ बजे राख्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं,फागुन,१७-सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक यही फागुन २३ गते ४ बजे राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

एक मन्त्रीका अनुसार यसअघि बसेको मन्त्रिपरिषद् बैठकमै यसबारे छलफल गरिए पनि आजको बैठकले औपचारिक निर्णय गरेको हो।