बाँकेमा सोमबार विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाईने

 मधुपौडेल

बाँके,जेठ,२१-

बाँकेमा सोमबार विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । विषेश गरी “म प्रकृति सगै छु” भन्ने मुल नाराका साथ विश्व भर यो दिवस मनाइएको छ ।

बाँकेमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने भएको छ । नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षमा सम्पन्न एक छलफल कार्यक्रममा नेपालगंजमहानगर पालीकालाई स्वच्छ र सफा राख्ने उदेश्यलाई मध्ये नजर गर्दै सोमबार विहान सात वजे पुष्पलाल चोक देखी विपी चोक सम्म ¥याली निकालिने कार्यक्रम रहेको उक्त कार्यक्रममा बताईएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष वैश्यले नेपालगंजको वातावरणलाई दुषित बनाउने प्रमुख कारणको रुपमा रहेको प्लाष्टिकजन्य बस्तुहरु रहेको ले विश्व वातावरण दिवसको उपलक्ष्यमा नगरीलाई प्लाष्टिक मुक्त क्षेत्रको रुपमा अभियान चलाउने बताउनुभयो ।

वैश्यले भने,“नगरलाई सफा तथा स्वच्छ राख्ने दायित्व हामी सबैको हो , यहाँ प्रयोग हुने प्लाष्टिकलाईको प्रयोगमा कमी ल्याउने भने नगरलाई वातावरणीय दृष्टिकोणले सुन्दर बनाउन सकिन्छ ।”

कार्यक्रममा सुचना मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी ,नेपाल पर्यटन पत्रकार संघ बाकेका सचिव मधु पौडेल, हिमालय फुलाइमेन्ट इनेसेटिभ नेपालगंजका अवध राज शर्मा ,पत्रकार नरेन्द्र थापा , राकेश कुमार मिश्रा लगाएतको उपस्थिति रहेको थियो ।