अनमोललाई नेपालगन्जमा भव्य स्वागत

नेपालगन्ज , माघ २६ ।
चर्चित नायक अनमोल केसीलाई शनिबार नेपालगन्जमा भव्य स्वागत गरिएको छ।खजुरा महोत्सवको चौथो दिन माघ २७ गते प्रस्तुती दिनको लागि आएका नायक केसीलाई आयोजक र सन्चारकर्मिहरुले नेपालगन्जको सिद्धार्थ होटेलमा स्वागत गरेका हुन।

दर्शकको अत्याधिक मागको कारण आयोजकले शनिबार नै नायकलाई नेपालगन्ज ल्याएको हो।

अहिलेका चर्चित नायक अनमोल यस भन्दा पहिले पश्चिम नेपालका अन्त कुनै महोत्सवमा सहभागी भएका छैनन। खजुरा महोत्सवनै आफ्नो सहभागी भएको पहिलो महोत्सव भएको पत्रकार सम्मेलनमा अनमोलले जानकारी दिए।

अनमोलले खजुरामा रहेको मुस्लिम र हिन्दुले पुजा गर्न मिल्ने मुसबेटवा बाबाको दर्शन गर्न आफू आतुर रहेको पत्रकार भेटघाटमा बताए।