राज्यको ढुकुटी बढाएको कांग्रेसले खर्च गर्ने हैसियत राख्छ : विश्वप्रकाश

काठमाडौं,माघ,१२-

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रको ढुकुटी बढाउन योगदान गर्नेहरुले खर्च गर्ने अधिकार पनि राख्ने बताउनु भएको छ । ६५ वर्षमै बृद्धभत्ता दिने सरकारको निर्णयको बचाउ गर्दै शर्माले राज्यको ढुकुटी बढाउन कांग्रेसको योगदान रहेको बताउनुभयो ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भन्नुभयो ‘जसले आय गर्ने क्षमता राख्छ, उसले व्यय गर्ने हैसियत पनि राख्छ । कांग्रेसले कुनै भत्ताको आकार बढाएको छ भने उसले राष्ट्रको ढुकुटी आकार बढाएको हेर्नु पर्ने उहाँले बताउनुभयो । 

शर्माले भन्नुभयो, ‘वितरण मात्र नभई वितरण गर्न सक्ने ढुकुटी बढाउन कांग्रेसले काम गरेको छ कि छैन हेनुपर्छ । नेपाली कांग्रेसले २०५६ सालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्दा पनि विरोध भएको भन्दै शर्माले अहिले राजश्वमा ३० प्रतिशत योगदान पुगेको जिकिर गर्नुभयो । अनलाईनखबरबाट ।।