निर्वाचन सुनिश्चित गर्न राप्रपा सरकारमा जाने थापाको भनाई

नेपालमा कम्युनिष्ट शासन जनताले कुनै पनी हालतमा स्विकार नगर्ने जिकिर

 बुटवल,असोज,२५-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अल्पमतमा पर्ने र चुनाव धरापमा पर्न सक्ने सम्भावनापछि त्यसलाई जोगाउन आफ्नो पार्टी सरकारमा सहभागी हुन लागेको बताउनु भएको छ ।

रिपोर्टस क्लब नेपाल रुपन्देहीले आज बुटवलमा गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एमाले र माओवादीबीचको तालमेलले निर्वाचन तालिका प्रभावित हुनसक्ने भएकाले निर्वाचन सुनिश्चितताका लागि आफ्नो पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने बताउनु भएको हो ।

उहाँले भन्नभयो यो परिस्थितिजन्य आवश्यकता हो, हामी सरकारमा जाँदा समयमै निर्वाचन पनि हुन्छ र यो सरकार पनि अल्पमतमा पर्दैन ।पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका थापाले तोकिएकै मितिमा चुनाव गराउन यो सरकार र आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले आफ्नो पार्टीले चुनावलाई उच्च प्राथमिकता दिएको बताउँदै थापाले रचनात्मक रुपमा सरकारलाई सहयोग गर्नेसमेत जानकारी दिनुभयो  ।अध्यक्ष थापाले नेपालमा वामपन्थी गठवन्धनपछि एमाले र माओवादीले नेपालमा कम्युनिष्ट शासन लादने कोशिस गरेर एकता गरेको भए त्यो असम्भव रहेको दावी गर्नु भएको छ ।

उहाँले एमाले र माओवादी फरक विचारका कम्युनिष्ट भएकाले यो दीर्घकालसम्म टिक्न नसक्ने उहाँको दाबी छ । कम्युनिष्ट शासनको नेपाली जनताले प्रतिवाद गर्ने बताउनुभयो ।‘कुन प्रयोजनका लागि एकता भएको हो, मिलनको प्रयोजन भविश्यमा थाहा हुनेछ तर नेपाली जनताले कम्युनिष्ट शासन स्विकार कुनै पनी हालतमा नगर्ने जिकिर गर्नुभयो ।