६ जना लागुऔषध ‘तस्कर’ पक्राउ

काठमाडौं,मंसिर,२५-

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ६ जना लागुऔषध ‘तस्कर’हरुलाई पक्राउ गरेको छ ।

ब्यूरोले मंगलबार आज पत्रकार सम्मेलन गरी उनीहरुमध्येका तीनजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बारा, सिमरौनगढ–७ की २४ वर्षीया पुनमकुमारी सहनी, पर्सा, मैनपुर–२ बस्ने २० वर्षीय नरेश सहनी र १९ वर्षीय सुवास सहनी रहेका छन् ।

यस्तै, भारतीय नागरिक १९ वर्षीय मोहम्मद तुफान, सुर्खेत, वीरेन्दनगर–१० का २६ वर्षीय रमेश सिंह र २७ वर्षीय दीपक रानामगर पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट १२ सय एम्पुल र तीन हजार ट्याबलेट मनोद्विपक लागुपदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।