प्रधानमन्त्री थ्री नेसन्स कप: आज नेपाल र भुटान भिड्ने

खेल नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुने

फाईल तस्विर !!

काठमाडौं,चैत्र,१४-नेपाल र भुटान आज भिड्ने भएको छ।प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले आज मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानको सामना गर्नेछ।नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।

भुटान नेपालको नौलो प्रतिद्वन्दी हैन।नेपालले चिरपरिचित प्रतिद्वन्दी भुटानविरुद्ध १२ पटक खेलिसकेको छ।नेपालले हालसम्म हार व्यहोर्नु नपरेको प्रतिद्वन्दी हो भुटान।नेपालले भुटानविरुद्ध १२ खेलमा १२ जित हासिल गरेको छ।

भुटानविरुद्ध नेपालले ३८ गोल गरेको छ।भुटानले नेपालविरुद्ध ५ गोल गरेको छ ।नेपालले सन् १९८४ को सेप्टेम्बर २० मा पहिलो पटक भुटानसँग खेलेको थियो ।

दक्षिण एसियाली खेलकुद अन्तर्गत काठमाडौंमा भएको खेलमा नेपाल ५-० ले विजयी भएको थियो।पछिल्लो पटक नेपालले भुटानसँग २०१८ सेप्टेम्बर ६ मा प्रतिस्पर्धा गरेको थियो ।

साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो ।आजको खेल भटानलाई जुत्ने पर्ने दबाबमा छ भने नेपाललाई आजको खेल बराबरी खेलेपनी पुग्नेछ ।