सुन र चाँदीको मूल्य यथावत

काठमाडौं,बैशाख,२१-स्थानीय बजारमा बुधवार सुनको मूल्य स्थिर रहेको छ ।अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य यो दिन स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् मंगलवार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरि, यो  दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । तीन दिनदेखि चाँदी प्रतितोला १ हजार २९० रुपैयाँ कायम भएको छ । 

यस्तै, बुधवार अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८६५ डलर २४ सेन्टसम्म पुगेको छ ।

त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्य पनि स्थिर रहेको छ । बुधवार एक अमेरिकी डलरको विक्रीदर १२२ दशमलव ७३ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन पनि अमेरिकी डलर सोहि मूल्यमा कारोवार भएको थियो ।