“ए”डिभिजन लिग:एपिएफ र चर्च ब्वाईजको जित,मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पको बराबरी

फाईल तस्विरमा : विभागिय टिम एपिएफ क्लव

काठमाडौं,फाल्गुन,२०-शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिवार भएको तिन खेलमा एपिएफ र चर्च ब्वाईजको जित निकालेको छ भने मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लवले बराबरी खेलेका छन् । 

लिगको आफ्नो पहिलो खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० ले हरायो ।दरशर रंगशालामा भएको खेलमा एपीएफलाई जिताउन मणिकुमार लामा र अर्मान्ड विडोमले गोल गरे ।

लामाले ७२औं र अर्मान्ड बिडोमले ८६औं मिनेटमा गोल गरेका थिए ।एपीएफले जितसहित ३ अंक जोडेको छ । थ्रीस्टारबाट हारबाट लिग सुरु गरेको छ ।

फाईल तस्विरमा : चर्च ब्वाईज क्लव

यस्तै : आईवार नै भएको अर्को खेलमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै विजयी सुरुवात गरेको छ ।च्यासल मैदानमा पहिलो पटक शनिवार ए डिभिजनको लिगको खेल हुँदा चर्च ब्वाइजले ए डिभिजनमा डेब्यू जित निकाल्यो ।

तीन पटकको विजेता नेपाल पुलिस क्लब विरुद्ध एक गोलले पछि परेको स्थितीमा चर्च ब्वाइजले २-१ को पुनरागमन जित निकालेको हो ।रवि पासवानले १४औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए पनि कायम राख्न सकेन ।

चर्च ब्वाइजका लागि पहिलो हाफको इन्जुरी टाइममा आशिष चौधरीले बराबरी गोल फर्काए । त्यसपछि फ्रान्कलिन क्विटे टालाले ७०औं मिनेटमा विजयी गोल गरे ।

दशरथ रंगशालमा शनिवार साँझ भएको खेलमा मनाङ र हिमालयन शेर्पाले १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १४औं मिनेटमा रोशन राना मगरको गोलमा मनाङले अग्रता लिएको थियो।तर अन्तिम पाँच मिनेट मनाङले अग्रता जोगाउन सकेन । हिमालयन शेर्पाका लागि सुरेश कुमालले ८५औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

यसअघि शनिनबार भएको अन्य खेलमा एपीएफले थ्रीस्टारलाई २-० ले तथा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २-१ ले हराएको छ ।