गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई सरकारले सहयोग गर्ने

चितवन,मंसिर,६-अर्थमन्त्री जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो कार्य गरिरहेको भन्दै निराश नभई अघि बढ्न आफूले भनेको उहाँको भनाई थियो ।

बजेट दिने नदिने विषयमा अहिलेनै निर्णय नभए पनि छलफल गरेर चाँडै निष्कर्षमा पुग्ने तर अलपत्र हुन नदिने उहाँको भनाई छ ।

सरकारले स्वामित्व लिने नलिने भन्नेवारे आफू एक्लैले भन्न नसक्ने तर निर्माण हुँदा बजेट अभाव हुन नदिने अर्थमन्त्री शर्माको भनाई थियो ।