होसै हराईदिन्छन गायक रोहन ओली

रोशन घर्ति
दाङ,कात्तिक,१४-
कोही मन परेको मान्छे देख्दा तपाईको होस हराउछ कि नाई मेरो त हराउछ है

अब आफै कल्पना गर्नुस कतै कोही मन परेको सपनाको राजकुमार,राजकुमारी चोकमा भेटियो भने के गर्नु अझ भनौ न तपाई मेलामा जानु भयो

अब मेलामा पनि तपाईको सपनाको राजकुमार अथवा सपनाको राजकुमारी भेटाउनु भयो भनेगायक रोहन ओलीले त्यसै बेलामा मेरो होसै हरायो मेरो जोसै हरायो तिम्रो नजर को गोलीले भनी गाउनुभयो

अथवा त्यो गित बज्यो भने के गर्नुहुन्छ तपाई अब यसरी हुदै हुदा त्यसै बेलामा कत्ता माया लाउनी कति लाई दिनुर एउटै ज्यान मेरो लब यु भन्दै सब केटि मेरै पछि धाउनी यो गित बज्यो

भने तपाईको मनले सोचेको जस्तै हुन्छ होला है गायक रोहन ओली रहरैरहरमा भएका गायक हुन एकदमै चञ्चल मन थियो

उनको सानोमा के बन्ने भन्ने विषयमा केही थाहा थिएन पछि अरुले अभिनय गरेको देख्दा अभिनय गर्न मन लाग्थ्यो

त गित गाएको देख्दा गायक बन्न मन लाग्थ्यो पछि रहरमा काठमाण्डौको स्टुडियोमा पुगरे गित रेकर्ड गराए कलेजमा आएर गित रेकर्ड गरेको कुरा सुनाउदा कसैले विश्वास गरेनन तर जब गित बजारमा सार्वजनिक भयो

तब गितले तहल्का नै पिटयो स्कुल,कलेज,मेला,महोत्सब सँगसँगै विवाह पार्टिमा समेत आफ्नो गित बजेको सुन्दा खुबै खुसी हुने गर्दथे ।

दाङको साबिक डुरुवा गाविसमा जन्मीएका रोहन ओली अहिले काठमाण्डौमा सघंर्ष गरीरहेका छन ।

हालसम्म उनले दर्जन बढी गितमा स्वर दिईसकेका छन । केही गितहरु बजारमा सार्वजनिक भईसकेको छ भने त केही सार्वजनिक हुने क्रममा छन ।

उनको हालसम्म बजारमा “मेरो होसै हरायो मेरो जोसै हरायो तिम्रो नजर को गोलीले ”, “हरे शिव हरे नक्कली मोरि को जाल मा किन परे (तीज गीत) ”, “कत्ता माया लाउनी कति लाई दिनुर एउटै ज्यान मेरो लब यु भन्दै सब केटि मेरै पछि धाउनी ” , “बिउटी पाइदैन काली नि देखियो गोरि नि भेटियो तिमी सङ लब परेसी अरु चाइदैन ”, “तिमिलाइ माया जुन भनम जुन भनम कि सुन भनम (तीज गीत) ”(ढल्यो ढल्यो तिम्रो बैँस जल्यो जल्यो यो दुनिया (आधुनिक डान्स गीत लभ )(लाली पाउडर कृम लाकी छेउ हिजो अस्ति ठिकै थिइउ ओय काली आज भोलि बिउटी भाकी छेउ,(यो ज्यान चन्चल भाछ

बैँस ले मात्या हो कि सारै मन आत्या हो हैरानै भाछ काली हैरानै भाछ लगायतका गितहरु बजारमा सार्वजनिक भएको छ ।
आगामी सफलताको शुभकामना