आज माघे संक्रान्ती पर्व मनाईदै

मगर समुदाय र थारु समुदायमा माघीको रौनक

काठमाडौं, माघ,१-आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ ।

मगर समुदायको माघी पर्व प्रमुख चाड हो ।मगर समुदायले आज माघे संक्रान्ती महान पर्वको रुपमा मात्र नभई राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ । माघी पर्वका दिन मगर समुदायमा तारो हान्ने खेल अत्याधीक प्रचलनमा छ ।

मगर समुदायले देशभर विभिन्न कार्यक्रम गर्दै हर्षोल्लासका साथ मनाउदै छन्, भने देश विदेशमा रहेकाले केहिले आज मनाउदै छन् भने कसैले आफ्नो समयलाई मध्यनजर गर्दै केहि अगाडी नै मनाई सकेका छन् । कोरिया र जापानको फुकुओकामा रहेका मगर समुदायले पौष २७ गते नै माघे संक्रान्ती कार्यक्रम गरी धुमधाम संग मनाएका थिए । 

यसैबिच- थारु समुदायले पनी आज माघी पर्व धुधामसंग मनाउँदैछन् ।थारु समुदायले आज नयाँ वर्षका रुपमा मनाउदैछन् । थारु समुदायमा पौष अन्तीम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनी रहेको छ । यसरी काटिएको सुंगुरको मासु समुदायीक रुपमा धमार गित गाँउदै भोज खाने अनी रातभर जाग्राम बस्ने चलन पनी रहेको छ ।पश्चिमी थारु समुदायमा भने आन्दी चामलको जाँड वहुत चर्चित छ । थारु समुदायमा आज छोरीचेली माईत आउने र घर फर्कदा “निसराउ” अर्थात उपहार दिएर पठाउने चलन रहेको छ ।

यसैगरी: नेवार समुदायमा ‘घ्यूचाकु सल्हु’ नामले माघे संक्रान्ती पर्व मनाईन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । 

ज्योतिष शास्त्रनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिएको हो ।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि  र मकर राशि प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आज देशका विभिन्न तीर्थस्थलमा स्नानगरी दान तथा पूजा गर्नेको भीड लागेको छ ।

खासगरी चितवन–नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा आज भक्तजनको विशेष मेला लागेको छ ।

यसैबीच राष्ट्रपति विद्याम भण्डारी उपराष्ट्रपति नन्नदबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरुले माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।पर्वले राष्ट्रिय एकता र नागरिकबीच भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने नेताहरुको शुभकामना सन्देशमा उल्लेख छ ।