नेपालमा थप २५५९ जना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं,बैशाख,१०-नेपालमा पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो।थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै ९४० जना हुन् ।

काठमाडौंका ७६०, ललितपुरका १०६ र भक्तपुरका ७४ जना थपिएका छन् ।योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ ।यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।