मुख्यमन्त्री डोरमणि पौडेलले लिए शपथ

काठमाडौं माघ,२९

एमाले नेता डोरमणि पौडेलले मुख्यमन्त्रीका रुपमा  शपथ ग्रहण गर्नु भएको छ । उहाँलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आज विहान शपथ लिनु भएको हो ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै पौडेल प्रदेश सभा दलको अध्यक्ष निर्वाचित हुनु भएको थियो ।पौडेल राजधानी काठमाडौं समेत रहेको प्रदेश–३ का मुख्यमन्त्री हुन् ।

एमालेको बहुमत रहेको प्रदेश सभा दलको अध्यक्षका हैसियतमा पौडेल मुख्यमन्त्री बन्नु भएको हो ।