त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट:आज नेपाल र मलेसिया भिड्ने

फाईल तस्विर

काठमाडौं,बैशाख,९-त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा नेपाल आज मलेसियासँग भिड्दैछ।लिग चरणको अन्तिम खेल कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ। 

नेपाल शीर्ष दोस्रो टिममा पर्दै फाइनल प्रवेश गरिसकेको छ भने आज मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्नेछ।प्रतियोगिताबाट बाहिरिसकेको मलेसिया भने सान्त्वना जितको खोजीमा हुनेछ। त्रिदेशीय सिरिजमा नेपालले यसअघिका तीनमध्ये दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ।

हिजोको खेलमा नेदरल्याण्डस् र मलेसियाले बराबरी खेल्दै अंक बाँडेका थिए। योसँगै नेदरल्याण्ड्सले ४ खेलबाट पाँच अंक जोडेको छ भने ३ खेल खेलेको मलेसियाको १ अंक मात्रै छ। 

डबल राउण्ड रोबिन लिगका आधारमा भएको खेलमा नेपालले उपाधिका लागि शनिबार नेदरल्याण्ड्सको सामना गर्नेछ। नेदरल्यान्ड्सविरुद्ध दुईमध्ये नेपालले एकमा जित र एकमा हार निकालेको छ।