राया कप को उपाधि बातुमाउ एफ.सि क्लब पेनाङ्गलाई

दिनेश खड्का खप्तडी,

मलेसिया,असार,१२-

बातुमाउ एफ.सि क्लब पेनाङ्गले आयोजना गरको तेस्रो राया कप २०१७ को उपाधि आयोजकले हात पारेको छ । मलेसियाको पेनाङमा सम्पन भएको फाइनल प्रतिस्पर्धामा फ्लाकि्सस युवा क्लब पेनाङ लाई २-१को गोल अन्तरले पराजित गर्दै आयोजक बातुमाउ एफ सि युवा क्लब पेनाङ्ग ले उपाधि चुमेको अध्यक्ष रामा आचार्य ले बताउनु भयो ।

उहाका अनुसार उपाधि सँग मलेसियान आर एम दुई हजार पुरस्कार तथा मेडल पाएको छ । उपविजेता फ्लाकि्सस युवा कल्बले एक हजार चारसय नगद पुरस्कार सहित मेडल प्राप्त गरेको छ। मुस्लिमहरु को हरिरायाको अबसर पारेर आयोजना गरिएको प्रतियोगिता मा सात टिमको सहभागिता रहेको थियो ।