एमाले फुटतर्फ, नेपाल पक्षका २० सांसदले गरे राजीनामापत्रमा हस्ताक्षर

फाईल तस्विर ।।

काठमाडौं,बैशाख,२६-नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् ।

सोही अनुसार नेपाल पक्षका २० सांसदले शनिबार नै राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् ।

प्रधानमन्त्री ओलीले भोलि संसदबाट विश्वासको मत लिने तयारी गरेसँगै विभिन्न चरणमा भएका छलफलमा ठोस सहमति नभएपछि खनाल नेपाल पक्षका सांसदहरूले सामुहिक राजीनामा बुझाउने भएका हुन् ।

खनाल–नेपाल समुहका नेताहरूले पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थमा फर्काउन आफूहरूले गरेको आग्रह नमानेकाले राजीनामा दिएर पार्टीभित्रै संघर्ष गर्नुको विकल्प नभएको बताएका छन् ।

सर्वोच्चको फैसला अनुसार प्रधानमन्त्री ओलीले पार्टी चलाउने सम्भावना निकै कम रहेकाले आफूहरू योजनाबाट पछि हट्ने सम्भावना पनि नदेखिएको नेताहरूले बताउँदै आएका छन् ।

खनाल–नेपाल समूहका सांसदले राजीनामा दिएमा सजिलै अर्को सरकार बन्ने सम्भावना देखिएको छ ।

अहिले प्रतिनिधिसभामा २ सय ६७ सांसद संख्या कायम छ । तीमध्ये खनाल–नेपाल समूहका २० जनाले मात्रै राजीनामा दिए पनि २ सय ४७ सदस्य कायम रहनेछ ।

त्यसपछि सरकार बन्न एक सय २४ जना सांसद भएपनि पुग्छ । नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ गरेर १ सय ९ सांसद छन् ।

जसपाका पनि धेरैजसो सांसदले कांग्रेस–माओवादीलाई साथ दिने भएकाले नयाँ सरकार बन्ने सम्भावना बलियो भएको छ ।

यसैबीच खनाल नेपाल समूहको स्थायी कमिटीको बैठक बसेर राजीनामाबारे थप निर्णय गर्ने बताइएको छ ।

राजीनामादिने नेपाल पक्षमा २२ प्रत्यक्ष र १२ सामानुपातिक गरेर ३४ सांसद छन्।

प्रत्यक्ष निर्वाचित सांसद– २२

 

१. झलनाथ खनाल 

२. माधवकुमार नेपाल

३. भीम रावल

४. सुरेन्द्र पाण्डे 

५. घनश्याम भुसाल

६. योगेश भट्टराई

७. गोकर्ण विष्ट

८. कृष्णलाल महर्जन

९. विरोध खतिवडा

१०. गणेश पहाडी 

११. दीपकप्रसाद भट्ट

१२. भवानीप्रसाद खापुङ

१३. जयकुमार राई

१४. पवित्रा निरौला

१५. नारायण खतिवडा

१६. जीवनराम श्रेष्ठ

१७. हिराचन्द्र केसी

१८. सोमप्रसाद पाण्डे

१९. मेठमणि चौधरी

२०. झपट रावल

२१. यज्ञराज सुनुवार

२२. राजबहादुर बुढारामकुमारी

समानुपातिक सांसद– १२

१. रामकुमारी झाँक्री

२. बिनादेवी बुढाथोकी मगर

३. मुकुन्द न्यौपाने

४. कल्याणीकुमारी खड्का

५. गंगा चौधरी सत्गौवा 

६. लक्ष्मीकुमारी चौधरी 

७. निरादेवी जैरु 

८. पुष्पाकुमारी कर्ण यादव 

९. समिना हुसेन 

१०. कालिला खान 

११. सरलाकुमारी यादव 

यी सांसद नेपाल पक्षमा रहेको दाबी गरिएको छ।