पत्रकार डिसी वडा सदस्यमा निर्वाचित

दाङ,असार,२०
नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य शुवास डिसी तुलसीपुर उपमहानगर पालिका वडानं ११को वडासदस्य पदमा निर्वाचित भएकाहुन ।

नेपाल प्रेस युनियनका केन्द्रिय पार्सद , पत्रकार महासंघ दाङका सदस्य एवंसञ्चारकर्मी शुवास डिसी नेपाली काँग्रेस पाटिको तर्फवाट तुलसीपुर उपमहानगर पालिका वडानं ११मा उम्मेद्धारी दिनुभएको थियो ।

लामो समय मिडियामा संलग्न मृदुभाषि एवं नेपाल विद्यार्थी संघमा क्रियाशिल डिसी निर्वाचित वडामा अध्यक्षसहित काँग्रेसको प्यानल लै उम्मेद्धार विजयी वनेकाहुन ।

पत्रकार महासंघको १०औ अधिवेशनवाट कार्यसमितिमा निर्वाचित सुवास डिसीले तुलसीपुर उपमहानगरपालिका वडानं ११को खुल्ला सदस्यमा पाटिले टिकट दिएपछि महासंघमा राजिनामा दिएर स्थानिय तहको निर्वाचनमा सदस्य पदमा उम्मेद्धारी दिनुभएको थियो ।