लमहीको मेयरमा एमाले, उपमेयरमा कांग्रेस बिजयी

नरेश खड्का,

दाङ,असार,२०-

दाङको लमही नगरपालिकाको मेयर पदमा नेकपा एमालेका कुलबहादुर केसी निर्वाचित भएका छन । केसीले ५ हजार १ सय ५२ मत ल्याएर मेयर पदमा निर्वाचित हुनुभएको छ भने उप मेयरमा नेपाली कांग्रेसका देविका बेल्बासेले ५ हजार १५ मत ल्याएर निर्वाचित भएका छन ।

मेयर प्रत्यासी नेपाली कांग्रेसका जोगराज चौधरीलाई ९५ मतले पछि पार्दै एमालेका केसीले जितेका हुन । चौधरीले ५ हजार ६९ मत पाउनुभएको छ । यसैविच उपमेयरमा नेकपा एमालेकी उमेद्धार मिना गुरुङलाई पछिपार्दै कांग्रेसका देबिका बेल्बासे ५ हजार १५ मत ल्याएर निर्वाचित भएका छन । प्रतिद्धन्द्धी एमालेका मिना गुरुङको ४ हजार ८ सय ४३ मत आएको छ ।

लमही कांग्रेस नेता खुमबहादुर खड्काको गृहनगर हो । लमहीमा कांग्रेसका डिल्लीबहादुर खड्का बागी उम्मेदवार बनेका थिए । खड्काले २ सय ३९ मत ल्याएका छन । त्यसैगरी नागरिक समाजका देउखुरी संयोजक निमबहादुर थापा पनि लमहीको उपमेयरमा उठेका थिए । उनको १ सय ५७ मत आएको छ ।