कैलालीको लम्की चुहाबाट अवैध औषधि बेचविखन गर्ने एक व्याक्ति पक्राउ

पवन मुडभरी/

बौनियां,पुष,१४-
कैलालीको लम्की चुहा नगरपालीका ९ खमरीयामा अवैध औषधि बेचविखन गर्ने एक व्याक्ति पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय लम्कीले आज प्रेस विज्ञप्ती जारी गदै विहिबार गोप्य सुचनाका आधारमा भारत लखिम्पुर थाना निगास ग्राम डांगा तिकुनिया बस्ने बर्ष २८ का छत्र पाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका पालको साथबाट प्रतिबन्धीत औषधि ट्रमाडोल, डिसाईक्लोमाईन, एभिल, सेटिराजिन लगायत अवैध औषधि र नेपालमा दर्ता नभएका विक्री वितरण गर्न नमिल्ने अवैध भारतिय कम्पनिका प्रतिबन्धित करिब पचास साठी हजार बराबरको तिन बोरा औषधि सहित नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका पाल विरुद्ध लागु औषधि नियन्त्रण ऐन २०३३ अनुसार कार्वाहीका लागी औषधि व्यवस्था विभाग संग समन्वय गरी अनुसन्धान भईरहेको प्रेस विज्ञप्तिमा उल्लेख गरीएको छ ।