सरकारबाट संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता

काठमाडौं, चैत २९-
सरकारले संविधान संशोधन गर्न यसअघि व्यवस्थापिका–संसदमा दर्ता गराएको विधेयक फिर्ता लिएको छ ।आजको संसद

बैठकमा कानुनमन्त्री अजयशंकर नायकले सरकारले गत पुस २४ गते प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका विपक्षी दलहरुको विरोधबीच संसदमा दर्ता गराएको संशोधन विधेयक फिर्ता लिएनु भएको हो ।

यसअघि दर्ता गराइएको संशोधन प्रस्ताव फिर्ता लिएसँगै मंगलबारै नयाँ संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने तयारी गरिएको छ ।