‘ए’ डिभिजन लिग:मछिन्द्र संग च्यासल २-० गोलले पराजीत

मछिन्द्रलाई जित दिलाउन विमल घर्ती र सुनिल वलको एकएक गोल

काठमाडौं,माघ,२९-कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा मछिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक एक गोल गरे । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको नवौं मिनेटमा च्यासलका आशिष राईले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाऊ गरे ।

खेलको १७ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १-० गोलको अग्रता दिलाए । रञ्‍जित धिमालको कर्नरमा विमलले उत्कृष्ट हेड गोल गरे ।

२५ औं मिनेटमा मछिन्द्रका सुनिलको उत्कृष्ट फ्रि-किक च्यासलका गोलकिपर प्रदिप भण्डारीले मुश्किलले बचाए ।

खेलको ३५ औं मिनेटमा सुनिलले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए । विमलले उपलब्ध गराएको पासमा सुनिलले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे ।

४० औं मिनेटमा च्यासलका मौसा अबागानाको उत्कृष्ट प्रहार मछिन्द्रका गोलकिपर विशालले उत्कृष्ट बचाऊ गरे ।

खेलको ५१ औं मिनेटमा मछिन्द्रका विमलको फ्लिक प्रहार पोस्टमा लाग्दै फर्किएको थियो । आन्द्रेस नियाको लामो पासमा विमलले उत्कृष्ट प्रहार गरेका थिए ।

७६ औं मिनेटमा मछिन्द्रका विशाल राई वान भर्सेस वानमा गोल गर्न चुके । उनको प्रहार च्यासलका डिफेन्डर यानिकले गोललाइनबाट बचाए  ।

खेलको ८९ औं मिनेटमा च्यासलका विकास मेराग्लियाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

यस्तै खेलको ८२ औं मिनेटमा मछिन्द्रका विशालको प्रहार च्यासलका गोलकिपर प्रदिपले उत्कृष्ट बचाउ गरेका थिए ।

जितसँगै मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ ।च्यासल १० खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ ।