हलमा दुई रुपैयाँ

इन्द्र कार्की /
महेन्द्रनगर,भाद्र,२३    असिम शाह निर्देशक रहेको चलचित्र “द्ई रुपैयाँ” आज शुक्रबार देखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको छ । दुई युवक  दार्‍ही र जुरेलीको मित्रताको कथा हो— चलचित्र ‘दुई रुपैयाँ’ । दुई रुपैयाँ’मा दार्‍ही र जुरेलीको भूमिकामा क्रमशस् आसिफ शाह र निश्चल बस्नेत छन् भने अन्य कलाकारहरुमा आशिफ शाह, बुद्धि तामाङ, रवीन्द्र झा, राजन इशान, मेनुका प्रधान, टीका पहारी, विशारद बस्नेत लगायत रहेका छन् । राजनराज शिवाकोटी तथा रोशन थापा को संगीत रहेको छ ।
निश्चल बस्नेत निर्देशकका रूपमा चर्चामा आएका हुन् भने आसिफ शाहले पनि दर्जनौं म्युजिक भिडियो, टेलिविज्ञापनका साथै एवं चलचित्र ‘कर्कश’ निर्देशन गरेका छन् ।
चलचित्र ‘दुई रुपैयाँ’मा मोजमज्जा गर्ने क्रममा अपराधको जालोमा परेका दार्‍ही र जुरेलीले त्यो जालोबाट उम्कँदै आफूले पनि कमाउने योजना बनाउँछन्, तर उनीहरू थप अपराधको जालोमा फस्दै जान्छन् ।
चलचित्र ‘दुई रुपैयाँ’मा दार्‍ही र जुरेली एउटा विशेष नम्बर अंकित दुई रुपैयाँको नोट लिएर तस्कर गिरोहका नाइकेको अवैध सामान लिन जाने क्रममा हुन्छन् तर बीचमै त्यो दुई रुपैयाँ हराउँछ र त्यसपछि समस्या आरम्भ हुन्छ ।
हास्यप्रधान चलचित्र ‘दुई रुपैयाँ’को छायांकन झापा वरपरको क्षेत्रमा गरिएको थियो । ‘दुई रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ प्रदर्शन अगावै लोकप्रिय भैसकेको छ । त्यसैले पनि ‘दुई रुपैयाँ’ लाई बहुप्रतिक्षित चलचित्र मानिएको छ ।