दुई दिने भ्रमण सकेर राष्ट्रपति स्वदेश फिर्ता

काठमाडौं,चैत,१०-दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह स्वदेश फर्कनुभएको हो ।

राष्ट्रपति भण्डारी सहितको नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो ।

भण्डारीले त्यहाँ रहँदा राष्ट्रपति मोहम्मद अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिना लगायतका उच्चस्तरीय भेटघाटमा व्यस्त रहनुभएको थियो ।

राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार बंगलादेश जानुभएको हो। डेढ वर्ष अघि बंगलादेशका राष्ट्रपति हमिद नेपालको भ्रमणम आउनुभएको थियो ।