निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न गर्न राजनितिक दलहरु जिम्मेवार हुनुपर्छ

 मधुरौडेल

बाँके,जेठ,१२-

निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्न राजनितिक दलहरु जिम्मेवार हुनुपर्ने सरोकारवालहरुले बताएका छन् ।

स्थानीय शान्ति समितीले शुक्रबार नेपालगन्जमा गरेको शान्ति पुर्ण निर्वाचनमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया बोल्ने सरोकारवालहरुले सो कुरा बताएका हुन् ।

निर्वाचन शान्तिपुर्ण सम्पन्न गर्नको लागि राजनितिक दलको साथै उम्मेदवारहरुको पनी ठुलो भुमिका खेल्नुपर्ने उनीहरुले बताएका थिए ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले निर्वाचनको लागि सुरक्षा तयारी गरिएको बताए ।

राजनितिक दलहरुले निर्वाचन आचारसहिंता पुर्ण रुपमा पालना गरे निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सघाउ पुग्ने उहाँको भनाई रहेको थियो ।

चुनाव प्रचार प्रचारको क्रममा बालबालिकाका प्रयोग बढिरहेको भन्दै सहभागिहरुले त्यसलाई रोक्न राजनितिक दलह?लाई आग्रह गरेका थिए ।

नेपालगन्ज उप–महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार दामोदर आचार्यले आफु निर्वाचन आचारसहिंता पुर्ण रुपमा कार्यान्वयन गर्न प्रतिबद्व गरेको बताउनुभएको थियो ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी, कानुन व्यवसायी, सुरक्षा निकाय, मानवअधिकारवादी, क्षेत्रिय निर्वाचन कार्यालय नेपालगन्जका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

स्थानीय शान्ति समिती बाँकेकी संयोजक पार्वती पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।