बाजुराको ब्रहमतोला गाविस पूर्ण खोप युक्त गाविस घोषणा

 रमित बि.क.

बाजुरा,जेष्ठ,१२-
“स्थानिय स्वामित्व सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ बुढीगंगा नगरपालिका साविकको ब्रहमतोला गाउँविकास १२ औँ गाविसको रुपमा पूर्ण खोप  युक्त गाविस घोषणा गरिएको छ ।

गाविसमा रहेका १२ महिना देखि २३ महिना मुनिका बालबालिकाहरुले सबै किसिमका खोप पाए पछि गाविसलाइ पुर्ण खोप युक्त घोषणा गरिएको हो ।

खोप लगाउन छुटेका बालबालिकाहरुको खोजी गरी खोप दिने गरेपछि खोप युक्त घोषणा गर्न मिल्ने प्रावधान छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय तथा प्राविधक सहयोग र ब्रहमतोला गाविसको आयोजना र ब्रहमतोला स्वास्थ्य चौकीको समन्वयमा पुर्ण खोप युक्त घोषणा गरिएको बताइएको छ ।

गाविसमा रहेका १ सय ११ जना बालबालिकाहरुले सबै किसिमका खोप नछुटाएर घरघरमा रातो कार्ड वितररण गरी खोप पाएको पहिचान गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको अनुगमन पछि पूर्ण खोप युतm गाविस घोषणाका लागी अनुमति दिइएको थियो ।

गाविसमा रहेका १२ महिना देखि २३ महिना मुनिका बालबालिका खोप पाएका छन् । पुर्ण खोप युक्त घोषणका लागि बालबालिकाहरुले स्वास्थ्य संस्थाबाट पाउने ११ वटा खोप पाएको

हुनुपर्ने, खोप पाएर रोगहरुबाट मुक्त भएको गाविसलाई पुर्ण खोप युक्त घोषणा गर्न मिल्ने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डा.रुपचन्द्र विश्वकर्माले बताउनु भएको छ ।

जिल्लाका ११ वटा गाविस यस भन्दा पहिले पुर्ण खोप युक्त गाविस घोषणा भइसकेका छन् । पुर्ण खोप युक्त घोषणा हुनेमा कुल्देवमाण्डौ,कोल्टी,डोगडी कैलाशमाण्डौ,मानाकोट छतारा,

जयवागेश्वरी,बाह्विस,गुदुखाती र आटीचौर गाविस पुर्ण खोप युक्त घोषणा भईसकेका छन् । जिल्लालाई नै पुर्ण खोप युक्त गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुराले अभियान संचालन गर्दे आएको छ ।