स्थानीय तहको निर्वाचन सफल बनाउन सबैसंग राष्ट्रपतिको आग्रह

सुनसरी, चैत २३-
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन सबैसँग आग्रहगर्नु भएको छ ।

रामनवमीको अवसरमा आज सुनसरीको बराहक्षेत्र मन्दिरको दर्शन गर्न पुगेकी राष्ट्रपति भण्डारीले चतरामा आयोजित सभालाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन आवश्यक हुने बताउनुभयो ।

आजै राष्ट्रपति भण्डारीले हेलिकोप्टर मार्फत् सप्तकोसी नदीको बाढीले विनास गरेको सुनसरी, उदयपुर र सप्तरीमा कोसी प्रभावित क्षेत्रको अवलोकन पनि गर्नु भएको थियो ।