चीनबाट इन्धन ल्याउने प्रक्रिया अन्योलमा

काठमाडौं,पुस,३-

चीनबाट इन्धन आयात प्रक्रियामा सरकारी निकाय नै बाधक देखिएको छ । आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा नेशनल ट्रेडिङलाई दिए पनि अर्थ मन्त्रालयले यसमा सैद्धान्तिक सहमति नजनाउँदा अन्योल देखिएको छ ।

यसरी अर्थबाट सहमतिका लागि कुनै प्रक्रिया अघि नबढ्दा ढिलाई भएको आपूर्ति मन्त्रालयले बताएको छ । पछिल्लो समय चीनबाट इन्धन आयात गर्ने जिम्मा नेशनल टेड्रिङलाई दिने चर्चा भए पनि अर्थ मन्त्रालयले यसलाई गम्भीरताका साथ नहेरेको आरोप आपूर्ति मन्त्रालयको छ । आजको आर्थिक अभियानमा खबर छ ।